बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दको असर : गाडीको सिसा फुटाइयो

मङ्गलबार, २७ असार २०७४, ११ : ०९
मङ्गलबार, २७ असार २०७४

चितवन-नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए । बिहान २।४५ बजे स्कुटरमा चढेर आएका दुई जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालका सिसा फुटेका छन् । 

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ । सो पार्टीले आफ्ना गिरफ्तार कार्यकर्ताको रिहाइको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको छ । जिल्ला हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनलाई स्कर्टिङ गरिएको थापाले बताउनुभयो । स्थानीयस्तरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बन्दको प्रभाव बिहानसम्म खासै देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप