शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उर्जामन्त्री–अमेरिकी राजदूत भेटः प्रशारण लाइन निर्माणबारे छलफल

बिहीबार, १० जेठ २०७५, २१ : ०७
बिहीबार, १० जेठ २०७५

काठमाडौं–उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको छ । 

मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताएकी छिन् ।  

मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । भेटमा एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्स समेत सहभागी थिए । 

मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित एमसिसीसंग सम्बन्धित कार्यक्रम समयभित्र पुरा गर्ने तयारी उर्जामन्त्रालयले गरेको बताए । उनले त्यसका लागि सरकारको तर्फबाट कुनै समस्या नपर्ने धारणा समेत राखे । 

‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम हो,यो भन्दा बढी महत्वंकाक्षी बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना छ, त्यसैले हाम्रो तर्फबाट एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न तयार छौ ।’ मन्त्री पुनले भने । 

एमसिसी नेपाल कमप्याक्ट परियोजनअन्र्तगत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।  

एमसीसी कम्याक्टअन्र्तगत अमेरिकाले प्रशारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ । एमसीसीअन्र्तगत रातोमाटे–दमौली,दमौली–वुटवल,वुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केवीको प्रशारण लाइन निर्माण हुनेछ । 

त्यसैगरी वुटवलदेखी सुनौलीसम्म अन्र्तदेशिय प्रशारण लाइन समेत निर्माण गर्ने समझदारी भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप