बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पुर्वप्रधानमन्त्रीलाई घर फर्कन अनुमति

बिहीबार, १० जेठ २०७५, २० : ५४
बिहीबार, १० जेठ २०७५

मलेसिया । मलेसियाका पुर्वप्रधानमन्त्री नाजिव रजाकसँग घन्टौ लामो अनुसन्धानात्मक प्रश्नोत्तर गरेपछि घर फर्कन अनुमति दिइएको छ । 

मलेसियाली भ्रष्टाचार विरोधी आयोग (एमएसीसी)को मुख्यालयमा उनीसँग झण्डै छ घण्टा प्रश्नोत्तर गरिएको अधिकारीहरूले बताएका छन् । 

राज्य विकास कोषको दुरुपयोग भएको भनिएको विषयमा प्रश्नोत्तर सकिएपछि आयोगले उनलाई बिहीबार घर फर्कन पाउने व्यवस्था गरेको हो । 

पुर्वप्रधानमन्त्री नाजिब आयोगको कार्यालयमा स्थानीय समय अनुसार विहान ९।४५ बजे पुगेका थिए भने ४।४५ मा बाहिरिएका थिए । 

आयोगको कार्यालयमा प्रवेश गर्नु अगाडि उनी कालो कोट लगाएको, मन्द मुस्कान र सहज महशुष गरेको मुद्रामा देखिनु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । 

नाजिबसँग पहिलो चरणको सोधपुछ मंगलबार गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप