शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति तथा कार्यक्रम तथ्यहीन : संग्रौला

बिहीबार, १० जेठ २०७५, २० : ४७
बिहीबार, १० जेठ २०७५

काठमाडौं– कांग्रेस सांसद डा डिला संग्रौलाले  सरकारले ल्याएको २०७५– ७६ को नीति तथा कार्यक्रममा केहि सवलपक्ष देखियतापनि देशको परिस्थिती र चुनौतीहरुलाई सामाना गर्नेबारे अन्योल रहेको बताइकी छिन् । 
आज संसदमा बोल्दै उनले भनिन्
–नीति तथा कार्यक्रम परम्पराको निरन्तरता नै देखिन्छ । किनभने यसले समाजवाद उन्मुख नेपालको सपनालाई साकार पार्न सक्दैन । 
–न त यो नीति तथा कार्यक्रमले तजनताको समृद्धिको चाहानालाई सम्वोधन गर्छ । न त लोकतान्त्रिक मुल्य पद्धतिमा आधिरित विकेन्द्रीत शासन प्रणालीलाइ मजबुत बनाउछ । तसर्थ आजको विशिष्ट परिस्थितीमा समाजवाद स्थापनाका लागि यो नीति तथा कार्यक्रम पर्यप्त छैन ।
–लोकतन्त्रको स्थागत विकास, शक्तिपृथकीकरणको सिद्धान्तमा आधारित विश्वव्यापी मान्यतालाई सरकारको नीति तथा कार्यक्रमले सम्वोधन गरेको छैन । 
–राष्टपतिको अभिभाषणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अध्यक्षलाई मर्यादित भाषा प्रयोग नगरिन’ संसदको गरिमालाई अवमुल्यन गर्न खोजिएको छ । 
–सरकारले विकेन्द्रीत शासन प्रणालीको मर्म अनुसार संविधानले व्यवस्था गरेको प्रदेश सरकार र  स्थानीय सरकारको अधिकारलाई कानुनमार्फत कार्यान्वयन गर्ने विषयलाई गम्भीरतापूर्वक लिएको देखिदैन ।
–सरकारले १ वर्ष भित्रमा आर्थिक वृद्धिदरलाई दोहोर अंकमा पुर्याउने लक्ष लिएको छ । त्यो आधार तथ्यसँग मेल खाँदैन । 
–शिक्षा र स्वस्थ्य जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने विषय सरकारको नीति तथा कार्यक्रम स्पष्ट छैन् । किनभने नेपालको प्रइभेट र सरकारी शिक्षा प्रणालीको विभेदलाई कसरी अन्त्यगर्ने भन्ने विषयमा स्पष्ट नीति देखिदैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप