बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समाजमा विद्यमान मनासिब रीतिलाई मान्यता दिन कामु प्रधानन्यायाधीशको आग्रह

बिहीबार, १० जेठ २०७५, २० : १२
बिहीबार, १० जेठ २०७५

रसुवा । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले रसुवा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।  

रु दुई करोड ९६ लाख ८४ हजार ९६७ को लागतमा बनेको भवनमा एक इजलाससहित १८ कोठा छन् । साढे सात रोपनी जमीनमा बनेको पक्की भवन बाल र अपाङ्गतामैत्रीसमेत छ । 

सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायालयमाथिको विश्वनीयता बढाउन न्यायकर्मीलाई निर्देशन दिँदै गाउँको मुद्दा स्थानीयस्तरमै छिनोफानो गर्न मेलमिलापको नीतिलाई अगाडि बढाइएको बताए । 

जिल्ला समन्वय समितिका उपप्रमुख छोपेमा तामाङले रसुवाबासी न्यायालयप्रति आस्थावान् रहेको बताए । अधिवक्ता एवं रसुवा बारका अध्यक्ष फुर्पा तामाङले मनासिबखाले गाउँ समाजमा चलिरहेका रीतिलाई पनि मान्यता दिन कामु प्रधानन्यायाधीशसमक्ष आग्रह गरे ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीले जिल्ला अदालतमा वार्षिक सरदर ७० मुद्दा पर्ने गरेको र समयमै छिनोफानो हुने गरेको बताए । 

जिल्लामा विसं २०३७ मा अदालत स्थापना भए पनि पक्की भवन नहुँदा कठिनाइ भइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप