नेकपाको बैठकमा ओलीको चेतावनीले हाँसोको फोहोरा
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । बैठकमा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई स्वीकृत गर्न र जिम्मेवारी तदारुकताका साथ लागू गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा सामाजिक न्यायसहितको समृद्धिको कार्यान्वयनमा जोड दिने र केन्द्र, प्रदेश र स्थानीय सरकार विधि र पद्धतिमा चल्नुपर्ने कुरामा जोड दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकतापछि नेकपा मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी भएको र गहन जिम्मेवारी काँधमा आएको बताएका थिए ।
उनले २ नम्बर प्रदेश लगायतका प्रदेशहरुमा पार्टी एकतापछि नेकपा शक्तिशाली भएको बताउँदै कांग्रेस प्रतिपक्षमा पुगेको दाबी समेत गरेका थिए । उनले २ नम्बर प्रदेशमा कांग्रेसलाई ठिक पारिदिने चेतावनी समेत दिएका थिए । अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा कांंग्रेसलाई ठिक पारिदिने चेतावनी दिइरहँदा बैठक हलमा हाँसोको फोहोरा छुटेको थियो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले पार्टी एकतापछि पनि पूरानै पार्टीको नाम लिएर कहिलेकाही झुक्किने गरेको र त्यसले केही फरक नपार्ने बताए । केही दिन अघिको बैठकमा नेता देब गुरुङले झुक्किएर माओवादी केन्द्र भनेको प्रसंग समेत बैठकमा चलेको थियो । यसरी एमाले र माओवादीको नाम लिए पनि पवित्र कामकै लागि नाम लिएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले उद्धेश्य सही भए केही फरक नपर्ने बताएका थिए ।
जेलको स्मरणः
लामो समय जेल बसेको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले त्यहाँको दुःख समेत स्मरण गरेका थिए । अध्यक्ष ओलीले भने, लामो समय जेलनेल भोगियो, जेलमा परिवारलाई समेत भेट्न दिइदैनथ्यो, त्यहाँ त हामीलाई भकुण्डो बनाइन्थ्यो, त्यसैले अहिले पनि दुःख गर्न तयार छु, कुनै लोभ छैन ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु सत्तामा पुगेपछि बिग्रिने गरेका उदाहरण भएकाले त्यसबाट जोगिनुपर्ने बताए । दुई पार्टीबीचको एकताले विश्वलाई नयाँ सन्देश दिएको समेत उनले बताए ।
बैठकमा सबै केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् । सो हस्ताक्षर गरिएको माइन्युट निर्वाचन आयोगमा बुझाइने एक केन्द्रीय सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण