शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्भिक हस्पिटलको दावी: राष्ट्रकवि घिमिरेको उपचार नेपालमै सम्भव

बिहीबार, १० जेठ २०७५, १९ : ५७
बिहीबार, १० जेठ २०७५

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले राष्ट्रकवि माधव घिमिरेको उपचारका लागि आवश्यक प्रविधि नेपालमा उपलब्ध नभएको र तत्सम्बन्धी विशेषज्ञ समेत नेपालमा अप्राप्य रहेको भन्दै सरकारी खर्चमै उपचारका लागि घिमिरेलाई भारत लगिने समाचारतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

हस्पिटलले विगत तीन वर्षदेखि इन्टेरोस्कोपी प्रविधिको आफुले सफल प्रयोग गर्दै आएको पनि जनाएको छ । हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ “रोगको उपचार कहाँ र कसलाई गराउने भन्ने विषय सम्वन्धित बिरामी पक्षमा निर्भर रहने सर्वथा सत्य हो तर तत्सम्बधित उपचार प्रविधि र विशेषज्ञ नेपालमा उपलब्ध छैनन् भन्नुमा कुनै सत्यता नरहेको जानकारी गराउँदछौ ।”

विरामीलाई इन्टेरोस्कोपी प्रविधिको धेरै लामो समयको प्रयोग गरिरहेका ठूला हस्पिटलमा लगिएकोसम्म भन्नु चाहि युक्तिसंगत हो । तर प्रविधि नै उपलब्ध नभएको कारण विदेश पठाउनु परेको भन्नु तथ्यहीन भएका विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्ता चिकित्सा समस्याहरुको उपचारका लागि कुनै पनि नेपालीले विदेश धाउनु पर्ने अवस्था र बाध्यता नरहेको नर्भिकका वरिष्ठ चिकित्सक तथा पेट रोग विशेषज्ञ डा. मधु घिमिरेले बताएका छन् ।

हस्पिटलले आफुलाई राष्ट्रकै एक अग्रणि स्वास्थ्य सेवा प्रदायक संस्था भएको दावी गर्दै अत्याधुनिक र प्रविधिसम्पन्न पाचन प्रणाली उपचार केन्द्र सन २००४ मै स्थापना गरी सबै खाले इन्डोस्कोपिहरु, शल्यक्रियात्मक सुविधाहरु र निदानात्मक सेवाहरु दिएको बताएको छ ।

उक्त केन्द्रलाई २०११ मा पूर्णतया आधुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरको केन्द्रको रुपमा रुपान्तरित गरिएको पनि जनाएको छ । नर्भिकको पाचन प्रणाली उपचार केन्द्र हाल राष्ट्रकै एक मात्र सुव्यवस्थित र सुविधा सम्पन्न केन्द्र भएको दावी पनि विज्ञप्ति मार्फत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप