शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र परीक्षण केन्द्र नष्ट

बिहीबार, १० जेठ २०७५, १८ : ०४
बिहीबार, १० जेठ २०७५

एजेन्सी– उत्तरकोरियाले आफ्नो आणविक परीक्षण केन्द्र नष्ट गरेको समाचार बाहिर आएको छ । उत्तरकोरियाको उत्तरपूर्वी पहाडको पुंगेरीमा अवस्थित क्षेप्यास्त्र परीक्षण केन्द्रमा रहेका सुरुङहरुलाई बम विष्फोट गरि नष्ट गरिएको हो । बीबीसीका अनुसार उत्तरकोरियाले छानिएका करिब २० जना पत्रकारहरुलाई निमन्त्रण गरी ती सुरुङ नष्ट गरिएका हुन् ।

बिहीबार बिहान र अपरान्ह चारवटा विष्फोट गरी सुरुङहरु नष्ट गरिएको स्काई न्युजका सम्वाददाता टम चेशाएरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । पत्रकार टमका अनुसार विष्फोटअघि क्षेप्यास्त्र परीक्षण स्थलका प्रवेशद्वार वरिपरि तारहरु बिच्छ्याइएको थियो । पत्रकारहरुको टोलीलाई भने करिब ५ सय मिटर पर राखिएको थियो । उनीहरुले पहाड चढेर त्यो दृष्य हेरेको जनाएका छन् । 

नष्ट गरिएको स्थानबाट उत्तर कोरियाले पछिल्ला वर्ष शक्तिशाली क्षेप्यास्त्र परीक्षण गर्दै आएको थियो । उसले यस अघिनै दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्ध सुधारका लागि क्षेप्यास्त्र परीक्षण स्थल नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको थियो । उत्तरकोरियाको यो कदमले अमेरिकासँग गर्ने भनिएको शिखर वार्तालाई थप सार्थक बनाउन सघाउ पुर्याउने आंकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप