शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको साथी नबन्दा इकार्डीले अर्जेन्टिनी टोलीमा स्थान पाएनन् : क्रेस्पो

बिहीबार, १० जेठ २०७५, १८ : ०१
बिहीबार, १० जेठ २०७५

एजेन्सी । प्रशिक्षक जर्ज साम्पाओलीले रसियामा हुने गइरहेको विश्वकपका लागि छनौट गरेको २३ सदस्यीय अर्जेन्टिनी टोलीमाथि धेरैले प्रश्न उठाइरहेका छन् ।

विशेष गरेर फर्ममा रहेका माउरो इकार्डीले अर्जेन्टिनी टोलीमा नपरेको विषयले धेरैको ध्यान तानेको छ ।

इटालियन लिगमा इन्टरका लागि ३३ खेलमा २९ गोल गरेका इकार्डी साम्पाओलीको रसिया जाने २३ सदस्यीय सदस्यीय टोलीमा पर्न सकेनन् ।

बरु उनको स्थानमा चोटबाट ठीक हुने प्रक्रियामा रहेका सर्जियो एगुएरो र पछिल्लो पटक अर्जेन्टिनाका लागि सन् २०१६ को अक्टोबरमा गोल गरेका गरेका हिग्वाइनलाई टोलीमा समावेश गरिएको छ । हिग्वाइनले लगातार सात खेलमा अर्जेन्टिनाका लागि गोल गर्न सकेका छैनन् ।

अर्जेन्टिनाका पूर्व स्टार खेलाडी हर्नान क्रेस्पो साम्पाओलीको यो निर्णयमा स्टार खेलाडी मेस्सी र इकार्डीको चिरदुश्मन म्याक्सी लोपेजको हात रहेको बताउँछन् । 

इकार्डी मेस्सीसँग नजिक नभएको कारण टोलीमा स्थान नपाएको उनको दाबी छ ।

‘अर्जेन्टिनाको राष्ट्रिय टोली एउटा जादुमय समूहले बनेको छ । तपाईं बुझ्नुहुन्छ । इकार्डी त्यो समूहको हिस्सा होइनन् । त्यही भएर उनी रसियामा हुने विश्वकपमा जाँदैछैनन्,’ उनले भने ।

उनी भन्छन्, ‘टोलीलाई उनी जस्तो स्ट्राइकर चाहिएको छ । तर, साम्पाओली र मेस्सी अर्कै सोच्छन् ।’

साम्पाओलीको यो जुवाले रसियामा फल दिनेछ वा दिनेछैन, त्यो चाहीँ आगामी दिनमा हेर्नुपर्ने हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप