शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

बिहीबार, १० जेठ २०७५, १६ : ५८
बिहीबार, १० जेठ २०७५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा आज सम्पन्न सम्पन्न भएको छ ।

२०६४ सालमा दर्ता गरी कारोबार सुरु गरेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभाबाट संचालक समितिको चयन पनि भएको छ । नयाँ संचालक समितिमा डा. आत्माराम घिमिरे, श्री सुभाष अमात्य, श्री रामेश्वर सापकोटा तथा श्री मनिराम पोखरेललाई सभाले चयन गरेको छ । साधारण सभाले आ.ब. २०६३/०६४ देखि आ.ब. २०७३/०७४ सम्मको संचालक समितिको प्रतिवेदन, वासलात लगायत नाफा नोक्सान हिसाब किताव, आर्थिक वर्ष २०७४/०७५ का लागि लेखा परिक्षक नियुक्ती तथा सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने विषयहरु समेत पारित गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप