बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारमा संलग्न एक सैनिकसहित पाँच जनालाई जेल सजाय

बिहीबार, १० जेठ २०७५, १६ : ५०
बिहीबार, १० जेठ २०७५

गुल्मी– केहि महिनाअघि गुल्मीको पौदीअमराईमा मानसिक सन्तुलन बिग्रेकी एक महिलालाई सामुहिक बलात्कार गर्ने एक सैनिक जवानसहित पाँच जनालाई  जिल्ला अदालत गुल्मीले १० वर्ष सम्मको जेल सजाय फैसला गरेको छ ।

२०७४ साल असोज १५ गते राती मुसिकोट नगरपालिका वडा नम्बर १, पौदीअमराईको थामडाँडामा अन्दाजी ३५ वर्षीय महिलालाई सामुहिक बलात्कार गरेको आशंकामा १६ गते पौंदीअमराई प्रहरी चौकीको पट्रोलिङ्ग टोली महिलालाई फेला पारेको थियो ।

महिलालाई मुसिकोट नगरपालिका वडा नम्वर १, पौदीअमराईका १८ वर्षीय बुद्ध नेपाली, सोही स्थानका १६ वर्षीय सुरेश नेपाली, वर्ष १६ का रेशम नेपाली, वर्ष २४ का ध्रुव थापा र वर्ष १८ का हरिबहादुर खत्रीसहित पाँच जनाले सामुहिक बलात्कार गरेको पाएपछि  त्यसको अर्को दिन उनीहरुलाई पक्राउ गरेको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले उनीहरुबिरुद्ध सामुहिक रुपमा जबरजस्ती करणीको मुद्धा अदालतमा दायर गरेको थियो मुद्धामा न्यायधिश रामप्रसाद न्यौपानेको ईजलासले उनीहरुलाई  कैद सजायको फैसला गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँचमध्ये चार जनालाई मुलुकी ऐन जबरजस्ती करणीको महल–१ नम्बर विपरित महल–३ को देहाए–५ नम्बर वमोजिम कशुर गरेको देखिदा ऐ.महलको ३ को दाहाय ५

नम्बर वमोजिम ५ वर्ष र सोही महलको  ३ क बमोजिम थप ५ वर्ष गरी १० वर्ष कैद सजाय र जनही २५ हजार जरीवानाको फैसला छ ।  त्यस्तै रेशम नेपाली नाबालक देखिएकोले त्यसको आधा सजायको फैसला भएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । बलात्कार अभियोगी पाँच जनामध्ये ध्रूर्व थापा नेपाली सेनाका रिगरुट जवान थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप