शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले प्रजातन्त्र बलियो बनाउनेमा शंका छः कमल थापा

बिहीबार, १० जेठ २०७५, १६ : ४१
बिहीबार, १० जेठ २०७५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भिर आरोप लगाएका छन् । बिहीबार काठमाडौमा भएको साक्षात्कारमा अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । 

उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरुको क्रियाकलापप्रति असहिष्णु हुनु सरकारको सर्वसत्तावादी मानसिकताको संकेत भएको जिकिर गरे । राष्ट्रियताको पक्षमा विगतमा लिएको अडानकै कारण केपी ओलीलाई जनताले मत दिएको तर जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्रलाई बलियो बनाउनेमा शंका पैदा भएको थापाको आरोप छ ।

थापाले भने, ‘भेनेजुएलामा ह्ुयोगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेका हुन्, संविधान बमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्न पनि गाह्रो नहुने, मिडियाले पनि चुईंक्क पनि बोल्न सक्दैन्, व्यापारीहरुको हालत त्यही हुन्छ, यो सर्कल अब नेपालमा सुरु हुन लागेको छ ।’ यद्यपि उनले अहिले नेपालमा यी कुराको संकेतमात्रै देखिएको सुनाए । 

सन् १९६० वा ७० को दशकमा प्रजातन्त्रको समाप्ती सैनिक ‘कू’ बाट हुने गरेको भएपनि अहिले सैनिक शासन वा ‘कु’ हुने खतरा विश्वमै अत्यधिक कम हुँदै गएको  थापाले स्मरण गराए । उनले थपे,‘तर संविधान बमोजिम र प्रजातन्त्रकै परिधिभित्रै रहेर चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गरिने अहिलेको ट्रेण्ड रहेकोे छ ।’ 

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे ।   उनले भने, ‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामा आक्रमण गर्छ, नक्कली समस्या खडा गर्छ, मिडियापछि व्यापारीहरुलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ, सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्र लगायतका क्षेत्रहरुलाई पार्टीकरण गर्न उद्धत रहेको आशंका बढेर गएको छ ।’

उनले अघि थपे,‘निवाचित् सर्वसत्तावादी मोडलको अभ्यास गर्न खोजिँदैछ ।’ आवरणमा भ्रष्टाचार नियन्त्रण भन्ने तर, आफ्ना विरोधीलाई कारबाही र समर्थनलाई संरक्षण दिने काम हुने थापाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप