बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्याफेमा बम हानेर ४ जनाको हत्या

बिहीबार, १० जेठ २०७५, १६ : ०८
बिहीबार, १० जेठ २०७५

एजेन्सी– इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । 

यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ । 

मुस्लिम राष्ट्रहरुमा हाल रमाजान व्रतको महिना चलिरहेको छ । एक महिनासम्म चल्ने यस व्रतका क्रममा पनि प्रायः दैनिकजसो हत्या हिंसा रोकिएको छैन । 

यस हमलामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १६ घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । 

मारिनेमा एकजना सुरक्षा अधिकारी पनि परेका उक्त विज्ञप्तिमा जनाइएको छ । 

इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्य गरी सो हमला भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप