बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली नेतृत्वको सरकार ढल्दैनः प्रचण्ड

बिहीबार, १० जेठ २०७५, १५ : ५०
बिहीबार, १० जेठ २०७५

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन् । 
अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य÷मान्यता अनुसार अघि बढने पनि स्पष्ट पारे । 
 बिहिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दीगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराए । 
 अध्यक्ष दाहालले सरकार कसैले हिल्याएर नहिल्ने दावी पनि गरे । उनले  विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गरे । 
अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहोर्याए । 
उनले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौति हुने पनि उल्लेख गरे । 
उनले  मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । 
अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप