शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकृष्ण ढुंगेललाई आममाफी दिन लागेको भन्दै इन्सेकले निकाल्यो यस्तो विज्ञप्ति

बिहीबार, १० जेठ २०७५, १५ : ३३
बिहीबार, १० जेठ २०७५

काठमाडौं–गणतन्त्र दिवसका अवसरमा आममाफी दिन तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिस गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित करिब ८ सय जनाको नाम सजाय माफीका लागि सिफारिस गरिएको सार्वजनिक भएको भन्दै इन्सेकले भनेको छ, ‘सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबर्जस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।’
विज्ञप्तिमा ढुंगेलको रिहाई गर्ने प्रक्रिया फिर्ता लिन माग समेत गरिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप