शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

बिहीबार, १० जेठ २०७५, १५ : १३
बिहीबार, १० जेठ २०७५

काठमाडौं–राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । 
बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सो सम्बन्धमा छलफल सुरु गरिएको हो । 
छलफलमा भाग लिँदै सत्तारुद नेकपा कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममको बचाउ गरेका छन भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले आलोचना गरेका छन् ।
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई समृद्ध बनाउने लक्ष्म हासिल गर्नेगरी आएको भन्दै विरोध गरिरहन नपर्ने दावी गरे । 
उनले सरकारको नीति तथा कार्यक्रम राष्ट्रियताको पक्षमा रहेको र यसले विकास निर्माणको कामलाई पनि गति दिने विश्वास व्यक्त गरे । 
यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय लक्ष्य अनुसार नआएको भन्दै आलोचना गरेका छन् । काँग्रेस सांसद सुरेन्द्र भण्डारीले सरकारले महत्वकांक्षी नीति लिएको तर त्यसलाई पूरा गर्ने कार्यक्रम नल्याएको भन्दै आलोचना गरे । 
यसैगरी काँग्रेस सांसद राधेश्याम अधिकारीले पनि स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । 
 राष्ट्रपति विद्या भण्डारीले गत जेठ ७ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । सोही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा पनि विहिबारबाट छलफल सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप