शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

याक्खा ओभरसिजका सञ्चालक पक्राउ, अख्तियारका पूर्व प्रमुखका छोरा फरार

बिहीबार, १० जेठ २०७५, १३ : ५५
बिहीबार, १० जेठ २०७५

काठमाडौं– राजधानीको महाराजगञ्जस्थित याक्खा ओभरसिजका सञ्चालक भीम रोका पक्राउ परेका छन् । रोकाले अख्तियारका पूर्व कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातको छोरासँग पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका थिए ।

भीम रोकालाई ठगी अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिएका छन् । रोका यसअघि चेलिबेटी बेचविखन गरेको अभियोगमा ६ बर्ष जेल बसेर निस्केका थिए ।

रोकासँगै पार्टनरसिपमा मेनपावर सञ्चालन गर्दै आएका अख्तियार पूर्वप्रमुख दिप बस्न्यातका छोरा कमल बस्न्यात भने फरार भएका छन् । बुधबार प्रहरी टोली कमल समेतलाई नियन्त्रणमा लिन पुगेको तर उनी भागेको प्रहरी स्रोतले जनाएको छ ।

सरकारले केही दिनयता मलेसियामा कामदार पठाउने नाममा ठगी गर्ने मेनपावर व्यवसायी र मेडिकल गराउने नाममा धेरै रकम लिएर ठगी गर्ने मेडिकल व्यवसायीहरुलाई नियन्त्रणमा लिँदै आएको छ ।

मलेसियामा कामदार पठाउने कम्पनीहरुले ट्याक्स छली गर्ने गरेको र थोरै रकमको रसिद दिएर कामदारसँगै धेरै रकम लिएर ठगी गर्दै आएको बताइएको छ । कमल बस्न्यातले याक्खा बाहेक मोगार्न ह्युमान रिसोर्स कन्सल्टेन्सी नामक अर्को मेनपावर कम्पनी पनि सञ्चालन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप