बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी राष्ट्रपतिसँग भेट्न युक्रेनका राष्ट्रपतिले ४ चाख डलर घुस तिरेको खुलासा

बिहीबार, १० जेठ २०७५, १३ : ५३
बिहीबार, १० जेठ २०७५

डोनाल्ड ट्रम्पको व्यक्तिगत वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपतिसँग घुस लिएको खुलासा भएको छ । उनले ट्रम्पसँगको भेट लम्बाइदिन गोप्य रुपमा ४ लाख अमेरिकी डलर लिएको सार्वजनिक भएको हो । भुक्तानी गर्नेहरुसँग नजिक रहेका किभका स्रोतहरुले यो खुलासा गरेको हो ।
यो भुक्तानीको सम्पूर्ण व्यवस्थापन युक्रेनी राष्ट्रपति पेट्रो पेरोशेन्कोको लागि काम गर्ने विचौलियाले मिलाएको थियो । तर अमेरिकी कानुन अनुरुप कोहेन युक्रेनको प्रतिनिधिको रुपमा दर्ता थिएनन् ।
कोहेनले यो आरोपलाई खण्डन गरेका छन् ।
दुई राष्ट्रध्यक्षबीच अघिल्लो जुनमा ह्वाइटहाउमा भेट भएको थियो । 
पोरोशेन्कोको प्रसाशनका एक उच्च पदस्थ गुप्तचर अधिकारीले ह्वाइट हाउसको यो भेट अघि के भएको थियो व्याख्या गरे पछि यो कुरा सार्वजनिक भएको हो ।
कोहेनलाई पोरोशेन्को प्रशासनका अधिकारीहरुले यसमा जोड्नुको कारण उनी पोरोसेन्कोको ट्रम्पसँग हुने भनिएको भेट लम्बाउन चाहन्थे । तर ट्रम्पले अमेरिका भ्रमणमा आएका युक्रेनी राष्ट्रपतिलाई फोटो खिच्ने समय मात्र दिएका थिए । तर पोरोशेन्को ट्रम्पसँग ‘वार्ता’ नै गर्न चाहन्थे ।
पोरोशेन्कोले कोहेनसँग सम्पर्क गर्नको लागि न्युयोर्क राज्यमा एक यहुदी च्यारिटीमा संलग्न एक व्यक्तिगत सम्पर्क प्रयोग गरेका थिए । 
त्यो सम्पर्कबाट अन्तत उनीहरु ट्रम्पका वकिल र उनका विश्वासपात्र माइकल कोहेनसम्म पुगे । कोहेनलाई ४ लाख डलर तिरिएको थियो ।
तर यो भुक्तानी बारेमा ट्रम्पलाई थाहा भए–नभएको भने खुलेको छैन ।
किभको अर्को स्रातले पनि यो भुक्तानीबारे समान खालको विवरण दियो तर उसले भुक्तानी रकम भने ६ लाख डलर बतायो ।
पोर्नस्टार स्टोर्मीको पक्षबाट कोहेन विरुद्ध वकालत गरिरहेका वकिल माइकल अमेनट्टीले कोहेनको व्याङ्कले अमेरिकी ट्रेजरीमा दर्ता गरेको एक शंकास्पद क्रियाको रिपोर्टले पनि कोहेनले ‘युक्रेनी स्वार्थ समूह’बाट पैसा लिएको देखिएको बताए ।
उच्च पदस्थ युक्रेनी गुप्तचर अधिकारीले कोहेनलाई यसमा फेलिक्स सटेरले सहयोग गरेको बताए । फेलिक्स एक दोषी प्रमाणित भएका पूर्व ग्याङ्गस्टर हुन् । उनी एक समय ट्रम्पका व्यापारिक पार्टनर थिए । फेलिक्सको वकिलले यस घटनामा फेलिक्सको संलग्नताको आरोप अस्वीकार गरे ।
युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रारम्भमा प्रतिक्रिया दिन अस्वीकार गरेको थियो तर पछि एक वक्तव्य जारी गर्दै यो समाचार ‘झुटो, जाली र बदनाम गर्ने नियतले ल्याइएको’ बतायो ।
कोहेनलाई त्यो रकम पोरोशेन्कोको ट्रम्पसँग निधारित भेट्न दिइएको ‘अपमानजनक’ छोटो समय लम्बाउनको लागि दिइएको थियो । तर अन्तिम समयसम्म पनि कोहेनले भेट लामो गराउन सक्ने प्रत्याभूत गराउन सकेका थिएनन् । 
यसले युक्रेनी पक्षलाई निक्कै क्रुध बनाएको थियो । 
“पोरोशेन्कोको भित्री वृत्तमा मानिसहरुले कोहेनसँगको यो सम्पूर्ण व्यबहार कति धेरै फोहोरी रहेका थाहा पाउन निक्कै अचम्मित परेका थिए ।”
किन भेट्न चाहेका थिए पोरोशेन्कोले ट्रम्पलाई ?
पोरोशेन्कोले ट्रम्पलाई भेट्न चाहनुको कारण अमेरिकी निर्वाचनमा भएको एक दस्ताबेज सार्बजनिक जिम्मेबार छ ।
सन् २०१६ अगस्टमा न्यू योर्क टाइम्सले ट्रम्पको चुनावी प्रचार व्यवस्थापक पल मनफोर्टले युक्रेनमा रहेको रसिया पक्षधर एक स्वार्थसमूहबाट दशौं लाख डलर पाएको सार्बजनिक गरेको थियो ।
उक्त पत्रिकाले रसिया पक्षधर युक्रेनी पार्टी ‘पार्टी अफ द रिजन’को खाताको पृष्ठनै छापेको थियो । पलले युक्रेनमा राजनैतिक परामर्शदाताको रुपमा काम गर्दा उक्त पार्टीसँग काम गरेका थिए ।
युक्रेनमा रहेको धेरै स्रोतहरुले उक्त पृष्ठ पोरोशेन्कोको निर्देशन पत्रिकाले पाएको बताए । पोरोशेन्को अमेरिकी चुनाबमा हिलारी क्लिन्टनले जित्ने पक्का थिए । र उनी रसियासँग लडिरहेको आफ्नो सरकारलाई भावी राष्ट्रपतिको नजिक देखाउन चाहन्थे ।
तर चुनाव परिणाम अर्कै आए पछि उनलाई आफ्नो बलियो समर्थक अमेरिकाको साथ गुम्ने डर भयो । त्यही सम्बन्ध सुधारको प्रयासको रुपमा पोरोशेन्कोले अमेरिकाको भ्रमण गर्दै थिए ।
भेटपछि पोरोशेन्कोले यस भेटलाई ‘अत्यन्त महत्वपूर्ण’ बताउदै विजयको मुद्रामा ह्वाइट हाउसको उत्तरी भागमा पत्रकार सम्मेलननै गरेका थिए । 
पोरोशेन्को देश फर्केको एक हप्ताभित्रै युक्रेनको भ्रष्टचार विरोधी राष्ट्रिय व्युरोले पलमाथिको अनुसन्धान खारेज गरिएको जानकारी दिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप