शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा झापाका १२ केन्द्रीय सदस्य, केपी अाेलीदेखि सुरेन्द्र कार्कीसम्म

बिहीबार, १० जेठ २०७५, १२ : ५१
बिहीबार, १० जेठ २०७५

 झापा- हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना गरेका हुन् । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहेका छन् । 

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की .(पार्थ) र धर्मशीला चापागाई परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप