बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुरुयोजना तयार गर्न ड्रोनको प्रयोग

बिहीबार, १० जेठ २०७५, १२ : ३१
बिहीबार, १० जेठ २०७५

रामभरोसी यादव
    सिरहा –वैज्ञानिक ढङ्गले एकीकृत नगर विकास गुरुयोजना तयार गर्न भन्दै  धनगढीमाई नगरपालिकाले ड्रोनको प्रयोग शुरु गरेको छ । 
नगर क्षेत्रको १४ वडामा पर्ने गाउँ बस्तीको डिजिटल नक्साङ्कन गरी एकीकृत नगर विकास गुरुयोजना बनाउन ड्रोनको प्रयोग गरिएको नगर प्रमुख हरिनारायण चौधरीले बताए ।

धनगढीस्थित नगरपालिका कार्यालय परिसरबाट बुधबार साँझ नगर प्रमुख चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ, प्रवक्ता प्रकाश योञ्जन र विभिन्न वडाध्यक्षसहितविभिन्न दलका नेताहरुको उपस्थितिमा ड्रोन उडाएर परीक्षण समेत गरिएको छ ।
 ‘ड्रोनले नगर क्षेत्रको १४ वडामा पर्ने करिब ७० वटा गाउँ बस्तीको दुई सय फिटमाथिबाट विभिन्न एङ्गलबाट लिने तस्वीर संकलन गरी एकीकृत डिजिटल नक्सा तयार गरिने छ’ ड्रोनको प्रयोगको बारे नगर प्रमुख चौधरीले भने ‘नक्साङ्कनपछि नगरपालिकाबाट हरेक गाउँ बस्तीको भौगोलिक दूरी, सडक, खानेपानी, विद्यालय, ढल, विद्युतीकरण, सिंचाइ, स्वास्थ्य संस्था बारे यथार्थ अवस्था पत्ता लगाइने छ ।’ नगरपालिकाले ड्रोनको प्रयोगका लागि सूचना प्रविधि विज्ञ प्रसन्न महर्जनाई परामर्शदाताको रुपमा खटाएको छ । 
धनगढीमाई नगरपालिकाले सम्भवतः पहिलो पटक हरेक वडाका गाउँबस्तीहरुमा गणकहरु परिचालन गरी एप्समार्फत् घरधुरी सर्वेक्षण पनि गरिरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार सर्वेक्षणको क्रममा ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने उद्देश्यले नगर प्रवक्ताको निगरानीमा हरेक वडाध्यक्ष र वडा सदस्यहरुले सर्वेक्षणमा सघाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप