शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभले ‘कौन बनेगा करोडपती’ को एक एपिसोडको लिनेछन् तीन करोड

बिहीबार, १० जेठ २०७५, ११ : १७
बिहीबार, १० जेठ २०७५

अमिताभ बच्चन चाँडै नै टिभीमा ‘कौन बनेगा करोडपती’ बाट फिर्ता हुँदैछन् । अमिताभले उक्त कार्यक्रमको १० औं संस्करण होस्ट गर्नेछन् । स्रोतका अनुसार अमिताभले उक्त कार्यक्रमका लागि आफ्नो पारिश्रमिक बढाएका छन् ।

उनले च्यानलसँग २ सय करोडको डिल साइन गरेका थिए । पछिल्लो सिजनमा कूल ७५ एपिसोड थियो । यससँगै उनको प्रति एपिसोडको पारिश्रमिक २.६ करोड भारु थियो । यसपटक उनले हरेक एपिसोडको तीन करोड भारु लिनेछन् । १० औं संस्करणमा कति एपिसोड हुनेछ भन्ने बारे स्पष्ट छैन । रिपोर्टका अनुसार सन् २०१८ को अगस्टदेखि केबीसी–१० अनएयर हुने बताइएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप