बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई बाबुरामको सुझाव, ‘लाखे र काल भैरवको मुखुण्डो नलगाउनुस्,  निजी क्षेत्र तर्सन्छ’

बिहीबार, १० जेठ २०७५, ११ : १२
बिहीबार, १० जेठ २०७५

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले सरकालाई निजी क्षेत्रको लगानी आकर्षण गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् । 

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा नीजि क्षेत्र आकर्षित हुने कार्यक्रम ल्याउन सुझाएका हुन् ।  

आफूले काठमाडौं आउनु अघि कुनै जात्रा नदेखेको तर काठमाडौ आएपछि काल भैरव र लाखे नाच हेर्दा आफू तर्सेको बताउँदै उनले सरकारलाई पनि लाखे र कालभैरवको मुखुण्डो लगाएर निजी क्षेत्र तर्साउने काम नगर्न भने । उनले भने, ‘कार्यक्रममा पुँजीवादको निर्माण गर्ने भनेका छौँ तर २० औँ शताब्दीको समाजवादको गन्ध आउँने ढाँचा अपनायो भने बाहिरी लगानी  आउँदैन । समयानुकुल चल्न नडराउनुस् ।’

देश विकास नहुनुको पछाडी भाग्यबादी र ब्राम्हणवादी संस्कारलाई गम्भीर भएर नसोचेको भन्दै उनले जातप्रणाली र श्रमलाई विभाजन गर्ने विषयको अन्त्य हुनपर्ने खाँचो औँल्याए । उनले जातपातको विभेद अन्त्य गर्दै हिन्दु धर्मलाई मात्र नअगांली श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न भने । 

उनी भन्छन्, ‘हामी वित्तिय पुँजीको भूमण्डलीकरणबाट अलग भएर बस्न सक्तैनौ । भारत र चीनसँग नजोडिई विकास हुँदैन । बाह्य पुँजीको संरक्षण गर्दै दुबै देशबाट पुँजी ल्याएर वस्तु निर्यात नगरेसम्म विकास हुँदैन । त्यसको लागि विप्पा सम्झौता नगरी बाह्य पुँजी आउँदैन ।  दुई अंकको आर्थिक बृद्धि गर्ने भनेको अहिलेको ३० खर्बको कुल ग्राहस्थ उत्पादनलाई  ६० खर्ब गर्ने भनेको हो ।  यसका लागि २५ खर्ब प्रति वर्ष खर्च गर्नुपर्छ । २०/२५ खर्बको बाह्य पुँजी ल्याउनुपर्छ । कम्युनिस्ट भन्ने बित्तिकै बाहिरको पुँजी ल्याउनु हुँदैन भन्ने सोच हटाउनुपर्छ ।’ 

यस्तै संस्थागत संरचनामा परिवर्तन गर्दै कर्मचारीतन्त्रमा सुधार ल्याउन पनि उनले सुझाए । ‘कर्मचारीले पनि सरकारको काम कहिले जाला घाम भनेर हुँदैन । बरु कर्मचारीलाई राम्रो सुविधा दिउँ, तलब बढाइदिउँ तर काममा सम्झौता नगरौँ,’ उनले भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप