शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकले तपाईंसँग किन मागिरहेको छ नग्न तस्बिर ?

बिहीबार, १० जेठ २०७५, १० : ४०
बिहीबार, १० जेठ २०७५

बीबीसी

बेलायती प्रयोगकर्तालाई फेसबुकले निर्वस्त्र तस्बिर पठाउन आग्रह गरिरहेको छ । बदलाको भावनामा सोसल मिडियामा पोष्ट गरिने अन्तरंग पलका तस्बिरलाई फेसबुकमा अपलोड हुनबाट जोगाउनका लागि यस्तो गरिएको बताइएको छ ।

यस्तो प्रकारको प्रविधीको प्रयोग बच्चामाथि गरिएको दुर्व्यवहारको तस्बिरको पोस्टिङ रोक्नका लागि गरिएको छ । फेसबुकले यो प्रविधी अष्ट्रेलियामा प्रयोग गरेको थियो र अब यसलाई ब्रिटेन, अमेरिका र क्यानडामा प्रयोग गर्ने कोसिस गरिएको छ । फेसबुकका एक प्रवक्ताले बीबीसी न्यूजबीटलाई ब्रिटेनका मानिसहरुका लागि यो एक खुल्ला प्रस्ताव भएको जानकारी दिएका छन् ।

फेसबुकले उक्त प्रविधी अष्ट्रेलियामा कसरी अपनाएको थियो भन्ने बारे कुनै जानकारी दिएको छैन तर मानिसको विश्वास जित्नका लागि यो एक महत्वपूर्ण कार्य हो ।

के तपाईं फेसबुकलाई आफ्ना गोप्य तस्बिर पठाउन तयार हुनुहुन्छ ? तपाईंका ती तस्बिर  फेसबुकले पूर्ण संवेदनशीलता अपनाएर कसैमाझ सार्वजनिक नगर्ने कुरामा ढुक्क हुन सक्नुहुन्छ ?

यो आइडियाले कसरी काम गर्छ ?

यदि तपाईं कुनै तस्बिरका कारण तनावमा हुनुहुन्छ भने फेसबुकले तपाईंलाई यसबारे आफ्नो पार्टनरसँग कुरा गर्न सल्लाह दिन्छ । ब्रिटेनमा बदलाको भावनामा अंतरंग तस्बिर पोष्ट भएकोमा उजुरीका लागि हेल्पलाइन छ । हेल्पलाइनमा उजुरी दिएपछि त्यहाँका कर्मचारीले फेसबुकसँग सिधा सम्पर्क गर्दछन् ।

नग्न तस्बिर कसले हेर्नेछन् ?

फेसबुकको ग्लोबल हेड अफ सेफ्टी एन्टिगोन डेविसले न्यूजबीटसँगको कुराकानीमा उक्त फोटो पाँचजना सदस्य रहेको एक समूहले हेर्ने बताए । उनका अनुसार ती पाँच सदस्य प्रशिक्षित समिक्षक हुनेछन् । सबै फोटोलाई एक विशेष डिजिटल फिंगरप्रिन्ट दिइन्छ जसलाई ह्याश भनिन्छ ।

त्यसपछि डेटाबेशको रुपमा एउटा कोड स्टोर गरिनेछ । यदि कसैले त्यही फोटो अपलोड गर्ने कोसिस गरे, यसले उक्त कोडको अनुसन्धान गर्नेछ र फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आउनुअघि नै ब्लक गरिदिन्छ ।

के यो आइडियाले काम गर्ला ?

एन्टिगोन डेविसले यसको शत प्रतिशत ग्यारेन्टी नभएको स्विकार गरेका छन् । उनका अनुसार यदि त्यही फोटोलाई एडिट गरिन्छ भने फेसबुकको सिस्टममा रहेको मूल फोटोभन्दा त्यो भिन्न हुन्छ, जसलाई अपलोड गर्न सकिन्छ । यद्यपी, यसलाई थप प्रभावशाली बनाउने कोसिस भइरहेको उनले जानकारी दिएका छन् ।

एन्टिगोनका अनुुसार तपाईंलाई तनाव दिइरहेको उक्त तस्बिर तपाईंसँगै हुनुपर्छ । उदाहरणका लागि यदि तपाईंका पूर्व प्रेमीले आफ्नो मोबाइलबाट तपाईंसँग नभएका गोप्य तस्बिर अपलोड गर्छन् भने यो तरिका तपाईंलाई काम लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप