बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका १२ हजार प्रतिस्पर्धीलाई उछिन्दै अधिकारीले पाए अमेरिकाको प्रसिद्ध पुरस्कार

बुधबार, ०९ जेठ २०७५, २० : ०३
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– सामाजिक अभियन्ता तथा सुचना प्रविधि विज्ञका रुपमा स्थापित प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । अधिकारिले कुल १२ हजार प्रतिष्पर्धीलाई पाखा लगाउँदै यो अवार्ड जितेका हुन् । 

निर्णायकको मूल्याँकन र पब्लिक भोटिङ समेतको आधारमा विजयी घोषणा गरिने टेलि अवार्डका लागि उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाई उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मालिएको अन्तवार्तालाई निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा विख्यात मिडियाविज्ञ  क्यारोलिनीस्मिथ, ज्याक शेली र लाउरेन लुमस्डेन थिए ।

समाज परिवर्तनमा फरक र  विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो ।  इक्विालिटी फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसनमार्फत नेपालको दुर्गम गाउँहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिक बृद्धिमा दिएको योगदानका लागि पुरस्कार प्रदान गरिएको अवार्डको वेभसाइटमा उल्लेख छ । उनी हलिउड स्टार म्याथ्यूम्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनसँगै पुरस्कृत भएका हुन् ।

झापा स्थाइ घर भएका अधिकारी उच्च शिक्षा अध्यययनको लागी सन् १९९६ मा अमेरिका पुगेका थिए ।  १० बर्षदेखि अमेरिकन  मिलिटरी विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक उनी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पूरानो संस्था एएनएका अध्यक्ष र माइक्रो लजिस्टिक इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन्  ।

माइक्रो लजिस्टिकले सुचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दछ । सन् २००९ मा स्थापना भएको इक्विालिटी फाउन्डेसनमा भर्जीनियाका प्रभावशाली कांग्रेसम्यान डन बायर मुख्य संरक्षक रहेका छन् । यो फाउन्डेसनले ग्रामीण स्कुलमा कम्प्युटर र इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप