बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपकुलपति कप अन्तर त्रिवि क्रिकेटः नेपाल कमर्स क्याम्पसको जित

बुधबार, ०९ जेठ २०७५, १९ : ४७
बुधबार, ०९ जेठ २०७५

ललितपुर– उपकुलपति कप अन्तर त्रिवि क्रिकेट प्रतियोगितामा नेपाल कमर्स क्याम्पसले १५ ओभरको अन्तिम बलमा ५ विकेटले जित हात पारेको छ । आज आयोजक पुल्चोक क्याम्पस र नेपाल कमर्स क्याम्पसबीच भएको प्रतिस्पर्धामा  पुल्चोक क्याम्पसलाई ११८ रनमा सिमित पार्न नेपाल कमर्स क्याम्पसका खेलाडी प्रकाश विष्टले ३ ओभरमा दश रन खर्चेर ३ विकेट लिएका थिए । ११९ रनको लक्ष पछ्याएको नेपाल कमर्स क्याम्पसले १५ ओभरको अन्तिम बलमा ५ विकेटले जित हात पारेको  हो ।  

आजको खेलमा टस जितेर पहिलो बलिंग रोजेको नेपाल कमर्स क्याम्पसविरुद्ध आयोजक पुल्चोक क्याम्पसले २० ओभरको समाप्तिमा ११९ रनको लक्ष दिएको थियो  । पुल्चोक क्याम्पसकालागि पंकज कुमार दासले ४१ बलमा ५१ रनको योगदान दिएका थिए  । नेपाल कमर्स क्याम्पसका लागि सुरज बोहोराले ६७ रनको महत्वपुर्ण योगदान दिए  । 

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसद्वारा आयोजित उक्त प्रतियोगिता बैशाख २४ गते देखि सुरु भएको थियो भने प्रतियोगितामा त्रिभुवन विश्वविध्यालय अन्तर्गतका २४ क्याम्पसहरुको सहभागिता रहेको थियो  ।

खेल समाप्तिपछि भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय पूर्व गृह तथा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र विशेष अतिथिका रुपमा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत र अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुली उपस्थित रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप