बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालको फोटो खिच्दै जाने क्रममा सगरमाथा आरोहणको सोच आयोः सगरमाथा आरोही श्रेष्ठ

बुधबार, ०९ जेठ २०७५, १८ : ३७
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सगरमाथाको शिखर चुम्न सफल भएकोमा आफूलाई गर्व लागेको बताएकी छन् । सगरमाथाको सफल आरोहण सम्पन्न गरी बुधबार काठमाडौंमा फर्कनु भएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ महिला फोटो पत्रकारको रुपमा सगरमाथाको सफल आरोहण गरेको क्षणलाई आफूले अविस्मरणीय क्षणको  रुपमा लिएको पनि बताइन् । सगरमाथा आरोही महिला फोटो पत्रकार श्रेष्ठले यसअघि मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन् । 

हिमालको फोटो खिच्दै जाने क्रममा आफूलाई सगरमाथाको आरोहण गर्ने सोच पलाएको पनि सगरमाथा आरोही श्रेष्ठले स्मरण गराइन् । श्रेष्ठले महिलाहरुका लागि फोटो पत्रकारिता आफैले साहसिक कार्य भएको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिने पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप