शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री ऋचालाई ‘अफिसर’को झड्का

बुधबार, ०९ जेठ २०७५, १८ : २८
बुधबार, ०९ जेठ २०७५

काठमाडौं – फिल्म ‘अफिसर’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । उपेन्द्र तिमिल्सिना निर्देशित यो फिल्म अभिनेत्री ऋचा शर्माको ‘सुनकेसरी’सँग भिड्न लागेको हो । आफ्नो फिल्म एकल आउने भएकोमा केही दिन अगाडीसम्म ऋचा निकै खुसी देखिएकी थिइन् । यो अचानक आउँनले उनको फिल्मको व्यवसायलाई केही ह्याम्पर पर्ने देखिएको छ । 

‘शुक्रबार एकमात्र फिल्म भएकोले अफिसर ल्याउन लागेको हो’ प्रस्तुतकर्ता निरन्जन शर्माले भने ‘फिल्मले राम्रो चलचित्र भवन पाएको छ ।’ एक्सन बिषयमा बनेको यो फिल्मले ब्यवसाय पनि राम्रो गर्न सक्ने उनको भनाई रहेको छ ।

 एक्सन र प्रेमकथाको बिषयमा निर्माण भएको फिल्ममा निरन्जन शर्मा, सपना सिंह र आयुस रिजाल लगायतको अभिनय रहेको छ । शशीबिक्रम थापाको संगीत रहेको चलचित्र शोभा लोहनी, सपनासिंह ठकुरी र अमर कौसलले मिलेर बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप