शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लगियो

बुधबार, ०९ जेठ २०७५, १७ : ३३
बुधबार, ०९ जेठ २०७५

काठमाडौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ । 

विगत केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो । 

अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पु¥याएको थियो । ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला पर्नु भएका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा अस्पताल नै भर्ना गरेर राखिएको थियो ।

उनको  उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा थप उपचारका लागि दिल्ली लगिएको हो ।

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको खवर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा मेदान्त अस्पतालमा थप उपचारका लागि बुधबार अपरान्ह लगिएको हो । ९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्री ओलीको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप