बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकलाख नगदसहित  क्रिकेटर सन्दीप लामिछाने सम्मानित

बुधबार, ०९ जेठ २०७५, १६ : ३७
बुधबार, ०९ जेठ २०७५

ललितपुर– ललितपुरस्थित डिएभी इन्टरनेशनल स्कुलले युवा क्रिकेटर सन्दीप लामिछानेलाई नगद एक लाखसहित सम्मान गरेको छ ।

आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर लामिछानेलाई डिएभी इन्टरनेशनल स्कुलले बुधबार एक कार्यक्रमकाबीच नगद १ लाखसहित सम्मान गरेको हो । 

कार्यक्रममा बोल्दै युवा क्रिकेटर लामिछानेले आफूले सानैदेखि खेलकुद क्षेत्रको माध्यामबाट राष्ट्रलाई चिनाउने सपना लिएको बताए ।

उनले स्कुलका विद्यार्थीहरुलाई राम्रो अध्ययन गर्न र खेलकुदको माध्यामबाट राष्ट्रलाईमाथि उठाउने योजना बनाउन पनि सुझाव दिए । सफलताका लागि कडा मिहिनेतको आवश्यक पर्ने उनको भनाई छ ।
आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्नु भएका युवा क्रिकेटर लामिछाने मंगलबार स्वदेश फर्किएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप