बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुबईमा सडक दुर्घटना: गुल्मीका ३० वर्षीय विकको ज्यान गयो

बुधबार, ०९ जेठ २०७५, १५ : ५५
बुधबार, ०९ जेठ २०७५

 प्रेम सुनार

गुल्मी–गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खबर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षीय खड्गबहादुर विकको ज्यान गएको हो । गत शुक्रबार दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्यान गए पनि परिवारलाई आज मात्र जानकारी दिएको हो ।

१५ महिनाअघि दुबई उडेका विकको घरमा अहिले एक श्रीमती मात्रै रहेकी छन्  । दिदी बहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई–सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेसियाबाट फर्केका थिए । तीन वर्षअघि उनी र  बाग्लुङ्ग जलजलाकी लक्ष्मीसँग प्रेम विवाह भएको थियो  ।

माईती घर पुगेकी उनकी श्रीमती लक्ष्मी यतिवेला मुर्छित छन् उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागजपत्र तयारी गर्दै रहेको मृतकका भिनाजस रविलाल विकले बताए । स्थानीय समाजसेवी महेन्द्र बिसीका अनुसार उनी १५ महिना अघि काठमाण्डौंको बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा उडेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप