शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन मन्त्रीको कति छ सेयरमा लगानी ?

बुधबार, ०९ जेठ २०७५, १५ : १०
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– सङ्घीय सरकारका मन्त्रीहरूले धमाधम आफ्ना सम्पत्ति विवरण पेश गरिरहेका छन् ।

अहिलेसम्म  १८ जनाले सम्पत्ति विवरण पेश गरेको प्रधानमन्त्री कार्यालय जनाएको छ ।

सार्वजनिक गरिएका सम्पत्ति विवरण हेर्दा नेताहरूमा भन्दा तिनका श्रीमतीमा बढी सेयर मोह देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको  सम्पत्ति विवरणमा उनको नामको कुनै सङ्घ संस्थाको सेयर देखिँदैन तर उनकी श्रीमती राधिका शाक्यको भने २५ लाख रुपियाँ बराबरको वचतपत्र रहेको खुलाइएको छ ।

राधिका नेपाल राष्ट्र बैङ्ककी पूर्व कर्मचारी पनि हुन् । उनले प्रथम श्रेणीको अधिकृतमा रहेर काम गरेकी थिइन् ।

यस्तै रक्षा मन्त्री ईश्वर पोखरेलको नाममा पनि सेयर देखिँदैन । बरु उनकी श्रीमती  मिरा पोखरेलको नाममा भने वरुण हाइड्रो पावरको १० हजार कित्ता सेयर छ भने कृषि विकास बैङ्कको २ सय कित्ता सेयर रहेको छ ।

मोर्डन कन्या मल्टिपल कलेजमा पनि उनको  ५ हजारको सेयर छ ।

 गृहमन्त्री रामबहादुर थापाको पनि सेयर  छैन तर उनकी श्रीमतीको नाममा भने अपर तामाकमोसी हाइड्रोपावरको १४६ कित्ता सेयर छ ।  
उनकी श्रीमतीको नाम नैनकला थापा हो ।

यता परराष्ट्र मन्त्री  प्रदीपकुमार ज्ञवालीको भने उनको र श्रीमती दुवैको सेयर खुलाइएको छैन ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनः सम्पत्ति विवरण दर्ता वैशाख ३१ मा गरे पनि विवरण खाली छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको भने रूपाकोट सामुदायिक रेडियो खोटाङमा ५ हजार  रुपियाँको  सेयर छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको भने सेयर छैन ।

उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छैनन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको पनि उनको नाममा सेयर देखिएको छैन् तर श्रीमती जुली कुमारी महतोको नाममा गुडविल फाइनान्सको ७० हजार रुपियाँ, एनभीपीएल प्रालिको ३७ करोड रुपियाँ, कर्पोरेट बैङ्कको २ करोड ५० लाख, लक्ष्मी बैङ्कको १ लाख ५० हजार रुपियाँ, महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख रुपियाँ बराबरको सेयर रहेको उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पनि श्रीमतीको   नाममा मेगा बैङ्कको  २६५ कित्ता, कृषि विकासको ४९ कित्ता  सेयर रहेको उल्लेख छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको लालीगुराँस सहकारी संस्थामा  १० हजार रुपियाँको सेयर, हाम्रो नव कृषि सहकारी संस्थामा ३ लाख रुपियाँको सेयर रहेको छ ।

सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि सेयर छैन ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको पनि सेयर छैन ।

सेयर बजार मैत्री नभएको भनिएर चिनिने अर्थमन्त्री डा. युवराज खतिवडाको  सबल सहकारी संस्थामा ५ लाख र उनकी श्रीमती कमला खतिवडाको नाममा दुर्गा भवानी सहकारीमा ५ हजार रुपियाँ सेयर रेहको भेटिएको छ ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको कृषि विकास बैङ्कको ४ हजार  कित्ता सेयर छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी गण्डकी विकास बैङ्कको २६ हजार रुपियाँ बराबरको सेयर रहेको छ ।

 खानी खोला हाइड्रोपावरको ३० लाख रुपियाँ बराबरको सेयर पनि रेहेको देखिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादु तामाङको विवरण खाली छ ।

 यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको नामलेखिएको भए पनि विवरण खाली छ ।

बिना मगरको पनि विवरण खाली छ । उनी खानेपानी मन्त्री हुन् ।  

मन्त्रीको सम्पतीसम्बन्धी थप समाचार

मातृकासँग १६ तोला सुन, सिरहा र धनुषामा घरः यस्तो छ सम्पत्ति विवरण

यी हुन् ओली सरकारका  सबैभन्दा धनी मन्त्री, कति छ सम्पत्ति ? (विवरणसहित)

अर्थमन्त्रीको धन : ६३ हजार डलर, ८७ लाख रुपैयाँ खातामा, बैंकभन्दा सहकारीमा धेरै !

गृहमन्त्रीको सम्पत्ति : दुईवटा कुकुरदेखि पार्टनरसीपमा रेस्टुरेन्टसम्म

प्रधानमन्त्री केपी ओलीको सम्पत्तिः बैंकमा ४२ लाख नगद,  घरजग्गा श्रीमतीको नाममा (विवरणसहित)

गोकर्ण विष्टको सम्पत्ति कति ? यस्तो छ सम्पत्ति विवरण

प्रचण्ड परिवारको सम्पत्ति कति ? मन्त्री बीना मगरले सार्वजनिक गरिन् यस्तो विवरण

लालबाबुको सम्पत्ति : पुरानो साइकलदेखि बैंक खातामा ५५ लाख

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप