यी हुन् ओली सरकारका सबैभन्दा धनी मन्त्री, कति छ सम्पत्ति ? (विवरणसहित)
काठमाडौं– केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्री महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् । २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पति विवरणमा उल्लेख छ ।
महासेठको अधिकांश सम्पति श्रीमतिका नाममा रहेको उल्लेख छ । मन्त्री महासेठका जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको विवरणमा छ । ती घरहरु जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय बर्गफिटमा फैलिएको छ भने ललितपुरको ५८ सय बर्गफिटमा फैलिएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ ।
त्यस्तै मन्त्री महासेठका नाममा मुलुकका विभिन्न सात स्थानमा जमिन रहेको पनि विवरणमा उल्लेख छ । धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढि जमिन रहेको पाइएको छ । उक्त जमिनमध्ये ५ स्थानको जमिन मन्त्री महतोकी श्रीमति जुली महताको नाममा रहेको छ भने २ स्थानको मन्त्री महासेठकै नाममा छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि छ ।
त्यस्तै ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । केही सम्पत्ति मन्त्री महासेठले सगोलको भएको विवरणमा खुलाएका छन् ।
त्यस्तै मन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी , सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ । त्यस्तै मन्त्री महासेठको करोडौ रुपैयाँ बरारको शेयर लगानी रहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण