शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् ओली सरकारका  सबैभन्दा धनी मन्त्री, कति छ सम्पत्ति ? (विवरणसहित)

बुधबार, ०९ जेठ २०७५, १४ : ४७
बुधबार, ०९ जेठ २०७५

काठमाडौं– केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्री महासेठका  तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन रहेको छन् ।   २७ तोला सुन पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरेको सम्पति विवरणमा उल्लेख छ । 

महासेठको अधिकांश सम्पति श्रीमतिका नाममा रहेको उल्लेख छ । मन्त्री महासेठका जनकपुरमा दुईवटा र ललितपुरमा एउटा घर रहेको विवरणमा छ । ती घरहरु जनकपुरका घरको क्षेत्रफल ४२ र ६५ सय बर्गफिटमा फैलिएको छ भने ललितपुरको ५८ सय बर्गफिटमा फैलिएको छ । त्यसैगरी उनीको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक भएको छ । 

त्यस्तै मन्त्री महासेठका नाममा मुलुकका विभिन्न सात स्थानमा जमिन रहेको पनि विवरणमा उल्लेख छ । धनुषा, ललितपुर र सिन्धुलीमा ४१ विगाहा भन्दा बढि जमिन रहेको पाइएको छ । उक्त जमिनमध्ये ५ स्थानको जमिन मन्त्री महतोकी श्रीमति जुली महताको नाममा रहेको छ  भने २ स्थानको मन्त्री महासेठकै नाममा छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा ८ विगाहा, सिन्धुलीको कमलामाई नगरपालिकामा ५ विघा तीन कठ्ठा र  ललितपुर महानगरपालिकामा २–१३–३– क्षेत्रफलको जमिन पनि  छ ।

 त्यस्तै ललितपुरकै धोवीघाटमा एक रोपनी भन्दा बढि जमिन रहेको छ । केही सम्पत्ति मन्त्री महासेठले सगोलको भएको विवरणमा खुलाएका छन् । 
त्यस्तै मन्त्री महासेठको ५३ तोला सुन, डेढ केजी चाँदी , सातवटा औठी २ जोर चुरा लगायत र ७२ लाख नगद रहेको पाइएको छ । त्यस्तै मन्त्री महासेठको करोडौ रुपैयाँ बरारको शेयर लगानी रहेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप