गोकर्ण विष्टको सम्पत्ति कति ? यस्तो छ सम्पत्ति विवरण
काठमाडौं– श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार गुल्मीको इस्मा गाउँपालिका निवासी विष्टको आफनो नाममा घर छैन । यद्यपी प्रमिला श्रेष्ठको नाममा काठमाडौंको सामाखुसीमा ४० लाखमा खरिद गरेको घर रहेको छ ।
यस्तै गुल्मीको इस्मा गाउँपालिका ४ मा भीमबहादुर विष्टको नाममा कच्ची घर र २ वटा कटेरो रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै गुल्मीमै पैतृक सम्पत्तिको रुपमा ८ स्थानमा जग्गा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै पैतृक र खरीदबाट अन्दाजी ७ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२हजार, एभरेस्ट बैंकमा २० हजार, नेपाल बैंकमा ४ लाख १३ हजार ७ सय ४, इन्भेस्टमेन्ट बैंककै अर्को खातामा ८५ हजार ८९०, नबिल बैंकमा १ लाख ४२ हजार ५३९ र एभरेस्ट बैंकको अर्को खातामा ४० हजार नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । जुन उनी र श्रीमतीको नाममा छुट्टाछुट्टै रहेको छ ।
यस्तै प्रमिला श्रेष्ठको नाममा मेघा बैंक र कृषि विकास बैंकमा शेयर रहेको पनि उल्लेख गरिएको छ ।
सिद्धार्थ बैंकमा ३६ लाख, कन्चय कोषमा ६ लाख तिर्नु रहेको तथा अम्बिका बस्नेत, भागवत सापकोटा इन्द्र विष्टलाई क्रमशः १० लाख, ६ लाख र १५ लाख तिर्न बाँकी भएको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यस्तै उनले भैंसी बाख्रा, भिटी, दराज र सोफालाई पनि सम्पत्ति विवरणको रुपमा उल्लेख गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण