प्रचण्ड परिवारको सम्पत्ति कति ? मन्त्री बीना मगरले सार्वजनिक गरिन् यस्तो विवरण
काठमाडौं– खानेपानी मन्त्री बीना मगरको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी बीनाले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको छ । तर, चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको छ । यस्तै सीता दाहालको नाममा भारतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ ।
यस्तै ५ तोला सुन र १६ तोला चाँदी पैतृक सम्पत्ति रहेको उल्लेख गरिएको छ । यसबाहेक बैंक खाता रहेपनि कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको छ भने कुनै बैंक तथा वित्तीय संस्थामा शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण