नेपाल आउँदै बलिउड निर्देशक सुभाष घई
काठमाडौं– बलिउडका चर्चित फिल्म निर्देशक सुभास घई नेपाल आउने भएका छन् । उनी आगामी जेठ २० गते काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने एक चलचित्र सम्बन्धी सेमिनारका लागि नेपाल आउन लागेका हुन् । १९९१ मा घइकै चलचित्र ‘सौदागर’बाट मनिषा कोइरालाले बलिउड डेब्यु गरेकी थिइन् ।
निर्माण,वितरण र प्रदर्शनसँगै फिल्म एजुकेसनलाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौमा कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको प्रसिद्ध फिल्म स्कुल विस्लीङ्ग उडईन्टरनेस्नले यो सेमिनार आयोजना गर्न लागेको हो ।
सेमिनार मिडीया नलेज, मोवाईल फिल्म मेकिङ्ग, स्कृप्ट राईटिङ्ग र फेसन डिजाइनमा केन्द्रीत हुने आयोजकले बताएको छ । बिहान ९ बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त वर्कशपले नेपाली फिल्म, फेसन र मिडीयालाई अझ बढी विस्तारित र शिक्षित बनाउने विश्वास आयोजक कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा