गृहमन्त्रीको सम्पत्ति : दुईवटा कुकुरदेखि पार्टनरसीपमा रेस्टुरेन्टसम्म
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पेश गरेको आफ्नो सम्पत्ति विवरण सरकारले सार्वजनिक गरेको छ ।
सो विवरणमा गृहमन्त्री थापाले कृषि तथा पशुधनमा छिमेकीबाट प्राप्त दुईवटा कुकुर पनि रहेको उल्लेख गरेका छन् ।
चितवन जिल्ला भरतपुर वडा नम्बर १० प्रगतिटोलका स्थायी वासिन्दा रहेका थापाले अचल सम्पत्तिको रुपमा चितवनमा श्रीमति नैनकला थापाको नाममा चित्रसेनमार्गमा ६० हजारमा खरिद गरेको अंशवन्डामा प्राप्त गरेको घर रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, भरतपुर महानगरपालिकामा श्रीमतिको आमाको मृत्यु पश्चात बाबाबाट प्राप्त रकमबाट १ लाखमा खरिद गरेको जग्गा पनि सम्पत्तिको रुपमा रहेको उल्लेख गरेका छन् ।
चलसम्पत्तिमा थापाले श्रीमतीको माइतबाट र विदेशबाट बहिनीले उपहार स्वरुप पठाएको ६ वटा सुन र पार्टनरसीपमा चलाएको रेस्टुरेन्टबाट प्राप्त ३ लाख नगद रहेको उल्लेख गरेका छन् ।
यता, एभरेस्ट बैंकमा आफ्नो नाममा रहेको खातामा २० हजार र गृहमन्त्री हुँदा स्वकीय सचिवालय सदस्य विरु तामाङको नाममा रहेको ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
शेयरको विवरणमा थापाले पत्नी नैनकला थापाको नाममा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १४ हजार ६०० बराबराको १४६ कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।
सवारीमा आफूसँग पार्टीको नाममा रहेको हरियो रंगको सेभरोले टाभेरा रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण