प्रधानमन्त्री केपी ओलीको सम्पत्तिः बैंकमा ४२ लाख नगद, घरजग्गा श्रीमतीको नाममा (विवरणसहित)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ओलीको नाममा बैंक खातामात्रै देखाइएको छ । घरजग्गा तथा शेयर लगायतका विवरण भने श्रीमती राधिका शाक्यको नाममा रहेको छ ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुरको सूर्यबिनायक–२ का स्थायी बासिन्दा ओलीको १ रोपनी क्षेत्रफलमा फैलिएको ३ तल्ले घर रहेको छ यस्तै सोहि स्थानमा आधा रोपनी क्षेत्रफलमा फैलिएको अर्को घर पनि रहेको छ । दुबै घर स्वआर्जनमा खरिद गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।
यसैगरी राधिका शाक्यकै नामा झापाको पृथ्वीनगरमा स्वआर्जनले १० कठ्ठा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै स्वआर्जनमा १७–१८ तोला सुनका विभिन्न गरगहना भएको, राधिका शाक्यको नामा माछापुच्छ्रे बैंकमा ४ लाख रहेको, प्रभू बैंकमा पनि ६ लाख रहेको तगा ओली आफ्नै नाममा पनि एभरेष्ट बैंकमा ४२ लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ओलीको नाममा बैंकमा रहेको नगर तलब भत्ता वापत प्राप्त भएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै राधिका शाक्यकै नाममा २५ लाखको राष्ट्रिय बचन पत्र रहेको पनि उल्लेख गरिएको छ । विवरणमा राधिका नेपाल राष्ट्र बैंकको प्रथम श्रेणीको पूर्व कर्मचारी भएको पनि उल्लेख गरिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण