बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

बुधबार, ०९ जेठ २०७५, १३ : ५०
बुधबार, ०९ जेठ २०७५

राजविराज– सप्तरी बेल्ही चपेना गाउँपालिका– १ मा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । 

मृत्युहुनेमा स्थानीय जीतन यादवको ११ वर्षीय छोरा ब्रम्हदेव यादव रहेका छन । 

स १ त ५०८४ नं को ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका यादवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकाले उनको खोजी भइरहेको जिप्रकाले जनाएको छ । 

शहीद परिवारलाई गाउँपालिकामा जागिर 

यसैगरी सप्तरीको रुपनी गाउँपालिकाले मधेश आन्दोलनका क्रममा शहीद भएका नागेश्वरकुमार यादवका परिवारलाई सामाजिक परिचालकका रुपमा नियुक्ति दिएका छन् । 

शहीद यादवकी पत्नी सुष्माकुमारी यादवलाई सामाजिक परिचालकाको रुपमा नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा गाउँपालिकाका अध्यक्ष हरेराम यादव र उपाध्यक्ष बेचनीदेवी सरदारको संयुक्त हस्ताक्षरित नियुक्ति पत्र सुष्मालाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । मधेश आन्दोलनका क्रममा शहीद भएका परिवारलाई गाउँपालिकास्तरमा जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो भएको दाबी गरिएको छ । 

विसं २०७२ मंसिर ५ र ६ गते मधेशी मोर्चा सप्तरीले आयोजना गरेको ‘चालु राजमार्ग भरु राजमार्ग’ कार्यक्रमका बेला रुपनीमा प्रहरीले चलाएको गोली लागेर जमुनी मधेपुरा– ९ का २७ वर्षीय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप