लालबाबुको सम्पत्ति : पुरानो साइकलदेखि बैंक खातामा ५५ लाख
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा आफूसँग भएको एउटा पूरानो साइकलको विवरण पनि उल्लेख गरेका छन् ।
सवारी साधनको विवरणमा उनले आफ्नो नाममा एउटा पूरानो साइकल एक थान रहेको उल्लेख गरेका हुन् ।
मोरङको विराटनगर वडा नम्बर १२ का स्थायी वासिन्दा रहेका पण्डितले अचल सम्पत्तिमा १ कठ्ठामा बनेको ५ कोठे पुरानो घर उल्लेख गरेका छन् ।
त्यस्तै, जग्गामा मोरङमा घर भएको जमिन बाहेक सर्लाहीको बसबरीयमा ४ बिघा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यस्तै, बिमला पण्डितको नाममा ललितपुरको भैसेपाटीमा चार आना जग्गा पैत्रिक सम्पत्ति रहेको विवरण पेश गरेका छन् ।
चल सम्पत्तिमा उनले पैत्रिक भनेर १० तोला सुन र १५ तोला चाँदी उल्लेख गरेका छन् ।
बैंकमा उनको एभरेस्ट बैंकमा मुद्दति खातामा पैत्रिक ब्याज भनेर २५ लाख रुपैयाँ रहेको र बिमला पण्डितको नाममा एभरेष्ट र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रुपैयाँ पैत्रिक, ब्याज र स्वआर्जन भनेर उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण