लालबाबुको सम्पत्ति : पुरानो साइकलदेखि बैंक खातामा ५५ लाख

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा आफूसँग भएको एउटा पूरानो साइकलको विवरण पनि उल्लेख गरेका छन् ।
सवारी साधनको विवरणमा उनले आफ्नो नाममा एउटा पूरानो साइकल एक थान रहेको उल्लेख गरेका हुन् ।
मोरङको विराटनगर वडा नम्बर १२ का स्थायी वासिन्दा रहेका पण्डितले अचल सम्पत्तिमा १ कठ्ठामा बनेको ५ कोठे पुरानो घर उल्लेख गरेका छन् ।
त्यस्तै, जग्गामा मोरङमा घर भएको जमिन बाहेक सर्लाहीको बसबरीयमा ४ बिघा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यस्तै, बिमला पण्डितको नाममा ललितपुरको भैसेपाटीमा चार आना जग्गा पैत्रिक सम्पत्ति रहेको विवरण पेश गरेका छन् ।
चल सम्पत्तिमा उनले पैत्रिक भनेर १० तोला सुन र १५ तोला चाँदी उल्लेख गरेका छन् ।
बैंकमा उनको एभरेस्ट बैंकमा मुद्दति खातामा पैत्रिक ब्याज भनेर २५ लाख रुपैयाँ रहेको र बिमला पण्डितको नाममा एभरेष्ट र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रुपैयाँ पैत्रिक, ब्याज र स्वआर्जन भनेर उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने