बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

बुधबार, ०९ जेठ २०७५, १३ : ११
बुधबार, ०९ जेठ २०७५

काठमाडौं । के । एल। दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो टिभीको मोटाइ जम्म ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोइड टीभी र मल्ट्री फङ्सनल टी टेवल पनि सार्वजनिक गरिएको थियो । गुगल एन्ड्रोइड टीभीमा भोइस कमाण्डबाटनै आङ्खनो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आङ्खनो चाहना अनुसारको एप्लिकेसन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि छ । 

युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप