बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीको बजारमा सिक्का चल्दैन !

बुधबार, ०९ जेठ २०७५, ११ : २४
बुधबार, ०९ जेठ २०७५

गौशाला - केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । 

जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा ९सिक्का० पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ । 

अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्का नलिएको उपभोक्ताको गुनासो रहेको छ । 

उपभोक्ताले कुनै पनि पसलमा खुद्रा पैसा लिएर गएमा व्यापारी, व्यवसायी यो पैसा अब चल्दैन । हामी लिदैनाँै भनी सरसामान नदिने गरेको जनगुनासो रहेको छ । 

त्यस्तै, विभिन्न गाउँठाउँमा रहेका सानासाना पसलमा पनि स–साना बालबालिकाले सरसामान किन्न जाँदा पसलेले सिक्का पैसा नलिने गरेको आम अभिभावकको गुनासो रहेको छ । 

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक रामबहादुर साहसँग जानकारी लिँदा उहाँले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताउनुभयो । तर उहाँले त्यसकालागि आमजनताले सिक्का पैसा एकसयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप