बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५० हजार घुससहित सुनसरीका जिल्ला शिक्षा अधिकारी पक्राउ

बुधबार, ०९ जेठ २०७५, १० : २३
बुधबार, ०९ जेठ २०७५

सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । 

अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित  रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए । 

उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको हो । 

सुवेदीले जिल्लाको घण्टाबारीस्थित श्री आधारभूत विद्यालयको ट्वाईलेट र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासन सँग ५० लाख घुस लिएका थिए । 

घुस लिँदै गरेको सुचनाका आधारमा सुवेदीलाई अख्तियार टोलीले प्रक्राउ गरेको प्रवक्ता दंगालले बताए । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप