शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्विडेनद्वारा देशका सम्पूर्ण ४८ लाख घरहरूमा ‘युद्धका लागि तयार रहनू’ भनिएका पर्चा वितरण

बुधबार, ०९ जेठ २०७५, १० : ०२
बुधबार, ०९ जेठ २०७५

एजेन्सी । स्विडिस सरकारले देशका सम्पूर्ण ४८ लाख घरहरूमा युद्ध भएका अवस्थामा के गर्ने भन्ने पर्चा पठाएको छ । सम्पूर्ण जनसङ्ख्यालाई युद्धका लागि तयार रहन भनेर पठाएको यस्तो पर्चा यो आधा शताब्दीमा पहिलो पटक हो ।

‘यदि सङ्कट वा युद्ध आएमा’ भन्ने शीर्षक रहेको पर्चाले कसरी आधारभूत आवश्यकताहरू खाना, पानी र तापको जोहो गर्ने, सावधानका सङ्केतको अर्थहरू ? बमसेल्टर कहाँ भेटिन्छ र स्विडेनको ‘पूर्ण प्रतिरक्षा’मा कसरी योगदान गर्ने आदि व्याख्या गरिएको छ ।

२० पृष्ठको यो पर्चामा साइरन, युद्धकविमान र घर छाडेर भागिरहेका परिवारका तस्बिर देखाएको छ । यसमा सम्पूर्ण जनसङ्ख्यालाई जलवायु परिवर्तन, साइबर र आतङ्कवादी आक्रमणको खतरासँग तयार गर्न खोजिएको छ । यसका साथै यसमा झुटो समाचार कसरी चिन्ने भन्ने एक पृष्ठ पनि रहेको छ ।

“स्विडेन विश्वका अन्य धेरै देशहरूभन्दा सुरक्षित नै भए पनि अझै पनि हाम्रो सुरक्षा र स्वतन्त्रतामा खतराहरू रहेका छन्,” ब्रोसरमा भनिएको छ, “यदि तपाईं तयार हुनुभयो भने तपाईंले हाम्रो देशको प्रमुख खतरा सामना गर्ने क्षमता सुधारमा योगदान गर्नुहुनेछ ।”

यस्तै खालको पर्चा दोस्रो विश्वयुद्ध शिखरमा हुँदा सन् १९४३ मा तटस्थ रहेको तत्कालीन स्वडेनमा जारी गरिएको थियो । त्यसको परिमार्जित पर्चा सन् १९६१ सम्म नियमित रूपमा आम सर्वसाधरणलाई जारी गरिन्थ्यो । त्यसपछि यो रोकिए पनि सन् १९९१ सम्म स्थानीय र राष्ट्रिय सरकारको अधिकारीहरूलाई वितरण गरिएको थियो ।

“समाज कमजोर छ, त्यसैले हामीले व्यक्तिगत रूपमा तयारी गर्नुपर्छ,” स्विडिस सिभिल कन्टिन्जेन्सी एजेन्सीका सदस्य ड्यान एलियास्सनले भने । उनी यो परियोजनाका प्रमुख हुन् । “ठोस सल्लाहको सम्बन्धमा सूचनाको कमी रहेको छ । त्यसैलाई हामी पूर्ति गर्दैछौं ।”

यो पर्चाको प्रकाशन सुरक्षामा बहस ल्याउनको लागि ल्याइएको भनिएको छ । सन् २०१४ मा रसियाले क्रिमियालाई कब्जा गरेपछि स्विडेनमा नाटोमा सहभागिता जनाउनुपर्छ भन्ने धारणा बढेको छ । यसका साथै पछिल्लो समयमा स्विडेनको हवाईक्षेत्र र जलक्षेत्र रसियाली प्लेन र पनडुब्बीले हस्तक्षेप गरेपछि यो डर झन् बढेको छ ।

यो देशले पछिल्लो समय सैन्य खर्चमा कटौतीलाई उल्टाएको छ । त्यसका साथै अघिल्लो वर्ष स्विडेनले पछिल्लो पच्चीस वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास आयोजना ग¥यो । यसका साथै उसले आवश्यकता पर्दा नागरिकलाई सेनामा बोलाउन सक्ने कानुनमा भोट ग¥यो । उता उसले डेनमार्कसँग मिलेर रुसी साइबर अपराध र गलत सूचनासँग जुध्ने योजना सार्वजनिक गरेको छ ।

पर्चामा मानिसहरूलाई ताप नहँुदा, खाना नभएको अवस्थामा के गर्ने भनिएको छ । पर्चामा सूचनाका सम्पूर्ण स्रोतहरू जाँच्न सुझाव दिँदै केही ‘राज्य र संस्थाहरूले अहिले नै हाम्रा मूल्य र कार्यशैलीमा प्रभाव पार्न खोजेको... र हाम्रो सहनशीलता र प्रतिरक्षा गर्ने तत्परता कमजोर बनाएको’ चेतावनी दिइएको छ ।

सैन्य युद्ध भएको अवस्थामा पर्चाले ‘स्विडेनको पूर्ण प्रतिरक्षा’ गर्नका लागि ‘प्रत्येक नागरिकको योगदान गर्नु कर्तव्य हुने’ भनेको छ । यसमा १६ देखि ७० उमेरबीचका जसलाई पनि युद्धको अवस्थामा बोलाइन सक्ने भनिएको छ ।

स्विडेनले विगत २०० वर्षभन्दा बढी समयदेखि कुनै राष्ट्रसँग युद्धमा गरेको छैन । यदि यस राष्ट्रमाथि आक्रमण भयो भने पर्चा अनुसार ‘पछि सर्ने छैनौं’ भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप