शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्जेन्टिनाका गोलकिपर रोमेरो विश्वकपबाट बाहिर

बुधबार, ०९ जेठ २०७५, ०९ : ३०
बुधबार, ०९ जेठ २०७५

ब्युनोस आयर्स । अर्जेन्टिनाका नम्बर एक गोलकिपर सर्जियो रोमेरोले विश्वकप फुटबलबाट बाहिरिएका छन् ।

म्यान्चेस्टर युनाइटेडका गोलकिपर समेत रहेका रोमेरो घुँडाको चोटका कारण विश्वकप खेल्न नपाउने भएका हुन् ।

३१ वर्षीय रोमेरोले सन् २०१४ को फाइनलसहित अर्जेन्टिनाका लागि ९४ खेल खेलेका छन् ।

रोमेरो बाहेक टोलीमा चेल्सीका विली काबालेरो र रिभर प्लेटका फ्रान्को अरमानी गोलकिपरका रुपमा रहेका छन् । काबालेरोले हालसम्म अर्जेन्टिनाका लागि दुई खेल खेलेका छन् भने अरमानीले एक खेल पनि खेल्न पाएका छैनन् ।

रोमेरोको स्थानमा टाइगरर्सका नाहुएल गुजमान टोलीमा समावेश हुने सम्भावना रहेको छ ।

अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डविरुद्ध विश्वकपको अभियानको शुरुवात गर्नेछ । 

अर्जेन्टिना विश्वकपको समूह डीमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप