बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हैदराबादलाई हराएपछि म्यान अफ द म्याच डु प्लेसिसको प्रश्न : हामीले खेल जित्यौँ कसरी ?

बुधबार, ०९ जेठ २०७५, ०९ : २१
बुधबार, ०९ जेठ २०७५

मुम्बई । फाफ डु प्लेसिस यो सिजनको पाँचौ खेल मात्र खलिरहेका थिए । तर, उनले कप्तान धोनीले आफूमाथि देखाउको विश्वासको मूल्य सही तरिकाले चुकाएका छन् । 

सातौँ फाइनलमा पुग्नका लागि १ सय ४० रनको लक्ष्य पछ्याइरहेको चेन्नाई सुपरकिङ्ग्स सनराजर्स हैदराबादको उत्कृष्ट बलिङ आक्रमण अगाडि कुनै बेला ६२ रनमा ६ विकेट गुमाएको स्थितिमा रहेको थियो ।

तर, डुप्लेसिसले विपक्षी टोलीको गल्तीको फाइदा उठाएर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई अविस्मरणीय जीत दिलाए ।

जीतका लागि ४३ रनको आवश्यकता रहेको बेला खेलको १८ औँ ओभरमा कार्लोस ब्राथवेट बलिङ गर्न आए, सन्दीप शर्मा र शकिब अल असन अगाडि । उक्त ओभरमा डुप्लेसिसले चौका, छक्का र चौका हिर्काउँदै टोलीलाई मोमेन्टम दिलाउँदै अन्ततः जीत दिलाए ।

डुप्लेसिसले नटआउट रहँदै ४२ बलमा ६७ रन बनाए ।

मंगलबारको क्वालिफायर अघिसम्म डुप्लेसिसले पछिल्ला ४ खेलमा २१.२५ को औसतले ८५ रन मात्र बनाएका थिए ।

‘मैले यो सिजन धेरै खेलको थिइनँ तर अहिले टोलीका लागि केही गर्न पाउँदा खुसी लागेको छ,’ खेलपछि उनले भने, ‘जब चेन्जिङ रुमा पसे मैले साथीहरुलाई सोधेँ – हामीले यो खेल जित्यौँ कसरी ?’

मंगलबार भएको खेलमा चेन्नाई २ विकेटले विजयी हुँदै आइपीएल २०१८ सिजनको फाइनलमा पुगेको छ ।

हैदराबादले प्रस्तुत गरेको १४० रनको लक्ष्य चेन्नाईले ८ विकेटको क्षतिमा १९.१ ओभरमा सफलतापूवर्क पछ्यायो ।

४२ बलको इनिङमा डुप्लेसिसले ४ छक्का र ५ चौका हिर्काए भने सुरेश रैनाले २२ रनको योगदान दिए ।

हैदराबादका लागि रसिद खान, सिद्धार्थ कौल र सन्दीप शर्माले २–२ विकेट लिए ।

यसअघि चेन्नाईले कसिलो बलिङ गर्दै हैदराबादलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रनमा सिमित गरेको थियो ।

हैदराबदका लागि ब्राथवेटले सर्वाधिक ४३ तथा युसुफ पठान र कप्तान केन विलियमसनले समान २४–२४ रनको योगदान दिएका थिए ।

आज पहिलो एलिमिनेटरमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप