शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा एक नेपालीको मृत्यु

बुधबार, ०९ जेठ २०७५, ०९ : ११
बुधबार, ०९ जेठ २०७५

काठमाडौं - फ्रान्समा एक नेपालीको मृत्यु भएको छ । बिगत लामो समयदेखि फ्रान्समा बस्दै आएका रुद्र बहादुर पुनको मृत्यु भएको हो ।

पेरिस स्थित एक अस्पतालमा उपचारको क्रममा पुनको र्मत्यु भएको बताइएको छ । उनी मगर समाज फ्रान्सका सदस्य समेत थिए ।

पेरिसको एक मेट्रो(रेल) मा यात्रा गर्ने क्रममा हृदयाघात भएपछि  २८ बर्षीय पुनको अस्पताल भर्ना गरी उपचार भइरहेको थियो । 

उपचाररत पुनको मंगलबार (मे २२ मा) मृत्यु भएको गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष एक ब. मल्लले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप