बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको फिल्ड अफिस किन हटायो भारतले ?

बुधबार, ०९ जेठ २०७५, ०७ : ५७
बुधबार, ०९ जेठ २०७५

विराटनगर - विराटनगर महानगरपालिका-१३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

कोसीमा बाढी आएपछि व्यापारिक समस्या हल गर्न भन्दै खोलेको कार्यालय हटाउन यसअघि नेपालले पटक-पटक गरेको आग्रह भारतले बेवास्ता गर्दै आएको थियो ।

भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा कार्यालय हटाउने निर्णय भएको जनाएको छ । उद्देश्य पूरा भइसकेकाले कार्यालय हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप