सरकारले फेसबुकसँग माग्यो एकाउन्ट विवरण
काठमाडौं - नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग भएको जनाएको छ । आजको कान्तिपुरको पृष्ठ १२ मा यो समाचार छापिएको छ ।
तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०१७को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो । तीमध्ये ४१ वटा एकान्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो । २ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ ।
यस्तै, जुलाईदेखि डिसेम्बरसम्म ६ महिने अवधिमा ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्कालिन भन्दै मागिएको फेसबुकले जनाएको छ ।
फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।
सबैभन्दा धेरै विवरण अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देशले माग्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल