बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरे आफन्तकै सहयोगमा पक्राउ

बुधबार, ०९ जेठ २०७५, ०६ : ३७
बुधबार, ०९ जेठ २०७५

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् । 

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए । 

यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफुन निर्दोष रहेको तर सबै दोष आफुमाथि लगाईएको बताएका थिए । 

नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ ।, आजको नागरिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप