शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्दिपलाई विमानस्थलमा भव्य स्वागत (हेर्नुहोस् १० तस्बिरमा)

मङ्गलबार, ०८ जेठ २०७५, १९ : ४२
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई माथि उठाउन मेहनत गर्नुपर्ने बताएका छन् ।

आईपीएल खलेर नेपाल फर्किएका सन्दीपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालसँग सम्भावना धेरै भएको तर त्यसका लागि महेनत पनि बढी नै गर्नुपर्ने बताएका हुन् ।

विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा चूनौतीको महसुस गरेपनि अवसर सम्झनलायक रहेको उल्लेख गरे । उनले नेपालको क्रिकेट भविष्य राम्रो भएपनि त्यसका लागि खेलहरु बढी आयोजना गर्नुपर्ने सुझाव दिए ।

आईपिएलमा आफ्नो सहभागिता सिक्ने मात्र नभई देश चिनाउने पनि भएको बताए । 

सन्दीपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका हुन् । सुरुका ११ खेलमा बेञ्चमा रहेका उनले दिल्ली प्ले अफमा नपुग्ने भएपछि मौका पाएका थिए । 

उनले तीन वटै खेलमा राम्रो प्रदर्शन गरे । उनले ३ खेलमा ५ विकेट लिएका थिए । उनी वेस्ट इन्डिजविरुद्ध लर्डसमा हुने ट्वान्टी २० क्रिकेटका लागि वल्र्ड ११ मा समेत परेको छन् । 

पछिल्लो समय बिग बोस खेल्ने कुरा हल्ला मात्र भएको उनले बताए । उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायत समर्थकले विमानस्थलमा स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप